२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको बैठक सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौँ । शक्ति बाँडफाँटका विषयमा सत्ता गठबन्धनबीच बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको यो बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे निर्क्योल गर्ने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिनुभएको छ । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा गठबन्धनका नेताहरु सक्रिय छन् ।

सोही प्रयासमा आज सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अलगअलग र संयुक्त बैठक बस्दै आएको छ । गठबन्धनबाटै सरकार बनाउन अहिले नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० पार्टीका शीर्ष नेताहरु बैठक सहभागी भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २÷२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ ।

तर सबैभन्दा पहिला सरकारको नेतृत्व कसले गर्नेभन्नेबारे सहमति जुट्न सकेको छैन ।
यसअघि नेपाली कांग्रेसले सरकारको नेतृत्व माओवादीलाई दिन नसक्ने स्पष्ट सन्देश दिइसकेको छ । प्रधानमन्त्री देउवाको सन्देश लिएर आज बिहान माओवादी केन्द्रका प्रचण्डलाई भेट्नु पुग्नु भएका कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने सन्देश दिनुभएको थियो ।

निधिसँगको छलफलपछि अध्यक्ष प्रचण्डले कांग्रेसको प्रस्ताव आफूलाई स्वीकार्य नभएको सन्देश देउवालाई पठाउनु भएको काग्रेसका एक नेताले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनमा सहमति हुन नसकेको परिस्थितिमा कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताइएको छ । कांग्रेस नेता विमलेन्द्र निधिले शनिबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको थियो ।