२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काउटको पद तथा गोपनीयताको शपथ ग्रहण



अ+ अ-

काठमाडौं । नेपाल स्काउटको दीक्षान्त लिनेमा यहाँको गोदावरी नगरपालिकाका जनप्रतिनिधि पहिलो भएका छन् । 

नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी र नगर शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायलाई दीक्षित गराइएको हो । दीक्षित पदाधिकारीलाई स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । 

संयोजक भण्डारीले अघिल्लोे सरकारले देशका सबै सामुदायिक विद्यालयमा स्काउटको विकास र विस्तारका लागि नीतिगतरुपमा निर्णय गरेर प्रक्रिया अघि बढाएको बताउनुभयो ।अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले नगरपालिकाले स्काउटलाई प्राथमिकतामा राखेर अघि बढेकामा शुभकामना दिनुभयो । 

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, शिक्षा पत्रकार सञ्जालका पूर्वअध्यक्ष ईश्वरराज ढकालले हाल सामुदायिक विद्यालयमा स्काउट कमजोर रहेका बेला विस्तारको कार्यक्रम आउनु सकारात्मक भएको बताउनुभयो ।