२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

प्रधानमन्त्रीलाई ढाका भ्रमणको निम्तो, सहयोगका नयाँ क्षेत्रमा साझेदारीका लागि प्रम हसिनाको प्रस्ताव

प्रधानमन्त्रीलाई ढाका भ्रमणको निम्तो, सहयोगका नयाँ क्षेत्रमा साझेदारीका लागि प्रम हसिनाको प्रस्ताव
अ अ+ अ-

काठमाडौं । नेपालको प्रधानमन्त्रीमा पाँचौपटक शेरबहादुर देउवा नियुक्त हुनुभएकामा बङ्गलादेशका प्रधानमन्त्री शेखहसिनाले हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको छ । साथै उहाँले ढाका भ्रमणका निम्ति आमन्त्रण गर्दै सहयोगका नयाँ क्षेत्रमा साझेदारीको प्रस्ताव गर्नुभएको छ । 

प्रधानमन्त्री देउवालाई पठाउनु भएको बधाई सन्देशमा बङ्गलादेशी प्रधानमन्त्रीले संसद्मा श्री देउवालाई प्राप्त अत्यधिक मत नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले गरेको उहाँमाथि गरेको विश्वास र भरोसाको प्रमाण भएको बताउनुभएको छ । निकटको छिमेकीको नाताले बङ्गलादेश र नेपालबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उहाँले सन्देशमा त्यो सम्बन्ध बहुसमानता र एकअर्कालाई जोड्ने साझा सम्पर्कमा आधारित रहेको उल्लेख गर्नुभएको छ । 

बङ्गलादेश र नेपालबीच विविध क्षेत्रमा विद्यमान सहयोगलाई प्रधानमन्त्री देउवाको सक्षम नेतृत्वमा अझ सुदृढ तुल्याउन तथा उपयोग नगरिएका सहयोगका सम्भावित क्षेत्र पहिचान गरी द्विपक्षीय सहयोग एवम् सहकार्य घनिभूत हुने विश्वास व्यक्त गर्नुभएको छ । 

“हालै सम्पन्न राष्ट्रपिता शेख मुजिबर रहमानको जन्मशताव्दी तथा स्वततन्त्र बङ्गलादेशको स्वर्ण महोत्सव समारोहमा नेपालका राष्ट्रपतिबाट भएको राजकीय भ्रमणको अनुरागपूर्वक स्मरण गरेकी छु, राष्ट्रपिताको स्वर्ण बङ्गलादेश बनाउने सपना साकार पार्न अग्रसर हामी विकासशील अर्थतन्त्रमा रुपान्तरण भइसकेका छौँ, सन् २०४१ सम्ममा विकसित अर्थतन्त्रमा परिवर्तन हुनेछौँ”, आफ्नो देशले गरेको आर्थिक–सामाजिक विकासबाट लाभान्वित हुन नेपाललाई आह्वान गर्दै प्रधानमन्त्री हसिनाले पारस्परिक लाभका खातिर प्रधानमन्त्री देउवासँग निकट सम्पर्कमा रहेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ । 

पचास वर्षअघि बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका बेला नेपाली काङ्ग्रेसको नेतृत्वले गरेको सहयोग र समर्थनले प्रगाढ तुल्याएको दुई देशबीचको सम्बन्ध भविष्यमा अझ उन्नत हुने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवालाई उहाँले उपयुक्त समयमा यथासक्य चाँडो बङ्गलादेश भ्रमणका निम्ति आमन्त्रण पनि सोही सन्देशमार्फत गर्नुभएको छ । प्रधानमन्त्री देउवाको सुख, सुस्वास्थ्य र सफलताका साथै नेपाली जनताको शान्ति, प्रगति र समृद्धिको कामना बङ्गलादेशका प्रधानमन्त्रीले गर्नुभएको छ ।