१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

अध्यक्ष लिङ्देनद्वारा १५ शय्याको अस्पताल उद्घाटन

अध्यक्ष लिङ्देनद्वारा १५ शय्याको अस्पताल उद्घाटन
अ अ+ अ-

बनियानी । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारीमा निर्माण भएको १५ शय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को उद्घाटन गर्नुभएको छ ।

हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरङ्ग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनुभयो ।

अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी, एकीकृत बालरोग तथा नवजात शिशु व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका सेवा प्राप्त हुने प्रमुख निरौलाले बताउनुभयो ।

स्वास्थ्य सेवा प्राप्त गर्न गाउँपालिकाबासी अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य गर्न आधारभूत अस्पताल सञ्चालन ल्याइएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो । “सामान्य उपचारका लागि पनि अन्यत्रै धानउनुपर्ने अवस्था अन्त्य भएको छ,” उहाँले भन्नुभयो, “त्यसमा पनि स्वास्थ्य सेवा अत्यन्तै महङ्गो र सर्वसाधारणको पहुँचभन्दा बाहिर गइरहेकाले सोको अन्त्यका लागि अस्पताल सञ्चालनमा ल्याएका हौँ ।”

स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दुका रुपमा अस्पताल सञ्चालनमा आएको उहाँले बताउनुभयो । अस्पतालमा एक जना मेडिकल अधिकृतसहित नौ जना जनशक्ति रहेको छ । हल्दिबारीमा तीन वटा स्वास्थ्य चौकी र दुई वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त बजेटअनुरुप हल्दिबारी–१ अस्पतालको भवन निर्माण भइरहेको छ । ३३ हजार गाउँपालिकाबासीको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न रू १८ करोडको लागतमा निर्माणाधीन अस्पताल भवनको करिब २५ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ । सोही अस्पताल अन्तरगत अस्थायीरुपमा हल्दिबारी गाउँपालिकाको स्रोत साधन प्रयोग गरी हल्दिबारी–५ स्थित हल्दिबारी गाउँपालिकको हाताभित्र ‘हल्दिबारी आधारभूत अस्पताल’ सञ्चालनमा आएको हो ।