• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत ★   नागरिकलाई आत्मविश्वास जगाउने बजेट ★   आर्थिक वृद्धिदर छ प्रतिशत ★   बढेन कर्मचारीको तलब ★   निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य धितोपत्र बजारमा सूचिकरण हुनुपर्ने ★   यस्ता छन् सरकारले बजेट मार्फत ल्याएका करसम्बन्धि नयाँ व्यवस्थाहरु

फोहर व्यवस्थापनमा कुनै समस्या छैन



फाईल फोटो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरुपमा व्यवस्थापन भइरहेको स्पष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो, “फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् ।” प्रवक्ता मानन्धरका अनुसार आज मात्रै एक सय १९ गाडीबाट फोहर व्यवस्थापन भइरहेको छ । उपत्यकाका १८ स्थानीयतहबाट अहिले दैनिक एक हजार दुई सय मेट्रिकटन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।

तीमध्ये सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिकटन फोहर निस्किने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आइएको थियो । अहिले निजी र कामपाका करिव दुई सय गाडीले दैनिक फोहर व्यवस्थापन गर्दै आएका छन् ।