६ श्रावण २०८३, बुधबार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय कारागारबाट रिहा भए चार्ल्स शोभराज



file
अ+ अ-

काठमाडौँ । सिरियल किलर चाल्र्स शोभराज नेपाली जेलबाट रिहा भएका छन् । फ्रान्सेली नागरिक शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका हुन् ।

उनी बिहीबारनै केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएक हुन् । उनी अहिले अध्यागम विभागमा छन् । विभागले उनलाई डिपोर्ट गर्न तयारी गरेको छ । यद्यपि शोभराजले केही समय नेपालमौ बस्ने इच्छा व्यक्त गरेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको थियो । शोभराजको उमेर र स्वास्थ्यस्थितिलाई कारण देखाउँदै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।

कारागार नियमावली, २०२० को नियम २९ (२ क)मा ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था छ ।

शोभराज भने चार वर्षअघि नै उमेरले ७४ वर्ष पुगिसकेका थिए । शोभराजले कारागार नियमावलीअनुसार आफू छुट्नुपर्ने दाबी गर्दै यसअघि पनि पटकपटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए ।

तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा आदेश हुने गरेको थियो ।

मुटु सम्बन्धी रोगको नियमित उपचार समेत गराइरहेका शोभराजले ७५ प्रतिशत कैद भोगिसकेकाले किन कैद सजाय मिनाहा किन नगर्ने भन्दै अदालतले १२ फागुन २०७५ मासरकारलाई प्रश्न गरेको थियो ।

पछिल्लो पटक फेरि बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । उनले १९ वर्ष अर्थात् ९५ प्रतिशत जेल सजाय पनि भोगेका थिए । केन्द्रीय कारागारले गत असार ७ गते शोभराजबारे पठाएको पत्रलाई पनि आधार बनाउँदै थुनामुक्त गर्न आदेश दिएको थियो ।

चालचलनलाई आधार बनाएर कैद भुक्तानीमा छुट दिन उनी यसअघि दुई पटक सिफारिसमा पनि परेका थिए ।