२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय कारागारबाट रिहा भए चार्ल्स शोभराज



file
अ+ अ-

काठमाडौँ । सिरियल किलर चाल्र्स शोभराज नेपाली जेलबाट रिहा भएका छन् । फ्रान्सेली नागरिक शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका हुन् ।

उनी बिहीबारनै केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएक हुन् । उनी अहिले अध्यागम विभागमा छन् । विभागले उनलाई डिपोर्ट गर्न तयारी गरेको छ । यद्यपि शोभराजले केही समय नेपालमौ बस्ने इच्छा व्यक्त गरेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको थियो । शोभराजको उमेर र स्वास्थ्यस्थितिलाई कारण देखाउँदै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।

कारागार नियमावली, २०२० को नियम २९ (२ क)मा ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था छ ।

शोभराज भने चार वर्षअघि नै उमेरले ७४ वर्ष पुगिसकेका थिए । शोभराजले कारागार नियमावलीअनुसार आफू छुट्नुपर्ने दाबी गर्दै यसअघि पनि पटकपटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए ।

तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा आदेश हुने गरेको थियो ।

मुटु सम्बन्धी रोगको नियमित उपचार समेत गराइरहेका शोभराजले ७५ प्रतिशत कैद भोगिसकेकाले किन कैद सजाय मिनाहा किन नगर्ने भन्दै अदालतले १२ फागुन २०७५ मासरकारलाई प्रश्न गरेको थियो ।

पछिल्लो पटक फेरि बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । उनले १९ वर्ष अर्थात् ९५ प्रतिशत जेल सजाय पनि भोगेका थिए । केन्द्रीय कारागारले गत असार ७ गते शोभराजबारे पठाएको पत्रलाई पनि आधार बनाउँदै थुनामुक्त गर्न आदेश दिएको थियो ।

चालचलनलाई आधार बनाएर कैद भुक्तानीमा छुट दिन उनी यसअघि दुई पटक सिफारिसमा पनि परेका थिए ।