२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्ध भिच्छुलाई सबैले सम्मान गर्नुपर्छ : मन्त्री आले



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश विदेशमा शान्तिको सन्देश फैलाउनमा बौद्ध भिच्छुहरुको अतुलनीय योगदान रहेको बताउनुभएको छ । 

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भिच्छुद्वारा आयोजना गरिएको ‘विश्व शान्ति प्रणिधान पूजा’ कार्यक्रममा उहाँले हाम्रो देश नेपालसहित विश्वमा शान्ति फैलियोस् भनेर बौद्ध भिच्छुहरुले सधैँ कामनासहित पूजाआजा गरिरहनुभएको र बुद्धलाई चिनाउने बौद्ध भिच्छु भएकाले उहाँहरुलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको हो । 

मन्त्री आलेले लुम्बिनीमा पूजाआजाका लागि आउने बौद्ध भिच्छुलाई सुरक्षाकर्मी र आन्तरिक कर्मचारीबाट अभद्र व्यवहार हुने गरेको गुनासो आएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “शान्तिको देश नेपाल भनेर चिनाउने बौद्ध गुरुहरुलाई अभद्र व्यवहार नहोस्, यसो गरेको पाइएमा त्यस्ता व्यक्तिलाई सरकारद्वारा कारवाही हुन्छ, बौद्ध गुरुहरुलाई सम्मान गर्न म सबैसँग आग्रह गर्छु ।”

मन्त्री आलेले लम्बिनी क्षेत्रको विकासका लागि आफू र मन्त्रालयका तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने आश्वासन दिदैं लुम्बिनीको विकास गर्न सके हजारौँ, लाखौँ पर्यटक भित्र्याउन सकिने भएकाले यहाँको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले आफू मन्त्री भएर आएपछि क्यासिनो सञ्चालन गरेर रोयल्टी नतिर्ने विभिन्न क्यासिनो तथा होटलहरुलाई कारवाही गरेको र वर्षौसम्म पनि सरकारलाई तिर्न बाँकी राखेको रोयल्टी तिराएको दाबी गर्नुभयो ।