३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

सङ्कटमा शङ्करपुर ताल

सङ्कटमा शङ्करपुर ताल
अ+ अ-

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छर्नु भएन । सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उहाँ बताउनुहुन्छ । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा जग्गामध्ये तीन कठ्ठा जग्गामा मात्र गहुँ छर्नुभयो । उहाँहरु मात्र होइन, शङ्करपुरमा अहिले अधिकांश किसानले बहुतै कम क्षेत्रफलमा मात्र गहुँ बाली लगाएका छन् ।

गत वर्ष किसानले गहुँ छर्दा यहाँ सिँचाइ सुविधा थियो । किसानहरूले कुनै खेत खाली नछोडी गहुँ छर्ने गरेकामा यस वर्ष सिँचाइको आभावका कारण कम क्षेत्रफलमा हिउँदे बाली गहुँ लगाएका हुन् । गत भदौ १८ गते परेको वर्षाका कारण विजयनगरमा रहेको शङ्करपुर तालको बाँध फुटेपछि यहाँ सिँचाइ सुविधाको अभाव भएको हो । तालमा पानी नभएपछि सिँचाइमा समस्या भएको उनीहरुके गुनासो छ ।

तालको बाँध फुटेपछि गाउँपालिकाका करिब आधा दर्जन गाउँका स्थानीय किसानलाई सिँचाइ गर्नका लागि समस्या परेको छ । तालको बाँध निर्माणका लागि किसानले विजयनगर गाउँपालिकालाई कयौँपटक आग्रह गर्दा पनि पालिकाले कुनै पहल नगरेको उनीहरूको भनाइ छ । गाउँपालिकाकै पर्यटकीयस्थलमा रूपमा परिचित ताल फुटेसँगै त्यस क्षेत्रको सौन्दर्यतासमेत खस्किएको छ ।

तालको बाँध फुटेलगत्तै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राको नेतृत्वको एक टोलीले भदौ १८ गते अनुगमनसमेत गरेको थियो । त्यतिबेला टोलीले तत्काल बाँध निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै पहल भएको छैन ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले तालको बाँध फुटेकामा चिन्ता व्यक्त गर्दै बाँध निर्माणका लागि पहल गर्ने भने पनि अझैसम्म कुनै काम भएको पाइँदैन । ताल फुटेसँगै विजयनगर गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, वडाध्यक्षलगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली सोही स्थानमा पुगेको थियो । टोलीले सयौँ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिँचाइका कुला, बस्ती कटान भएको बताएको थियो ।

हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका अधिकांशले ताललाई निर्माण गर्ने पहिलो प्राथमिकतामा समेत राखेका थिए । कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मङ्गलप्रसाद गुप्ताले तालको बाँध निर्माण तथा मर्मतसम्भार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कपिलवस्तु क्षेत्र नं ३ ९२० बाट निर्वाचित भएका प्रदेशसभा सदस्य जानकीप्रसाद यादवले ताल निर्माणका लागि रकम विनियोजित भइसकेको भन्दै अब तालको काम हुने बताउनुभयो ।

करिब ४० हेक्टर क्षेत्रफलमा फैलिएकाले यस क्षेत्रमा पर्यटकीय विकासको सम्भावना रहेको भन्दै तालको बाँध बाँध्न आफूले पहल गर्ने उहाँले बताउनुभयो । ताललाई व्यवस्थित बनाउन केन्द्र, प्रदेश र स्थानीय सरकार लाग्नुपर्ने समय आएको छ । विगतमा पनि गाउँपालिकाले बजेट विनियोजन गरी संरक्षणका लागि विभिन्न काम गरे पनि पालिकाको बजेट बालुवामा पानी हालेसरह भएको छ ।

यो ताल जिल्लाको पश्चिमी क्षेत्रकै सबैभन्दा ठूलो ताल पनि हो । चन्द्रौटा बजारबाट करिब पाँच किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीका रूपमा रहेको छ । तालमा शिवगढी मन्दिरमा बस्ने भगवान् शङ्करले नुहाउने र शिवगढीमा बस्न जाने धार्मिक विश्वासअनुसार नै तालको नाम शङ्करपुर राखिएको बताइन्छ । किंवदन्तीअनुसार यस क्षेत्रमा देवीको आश्रयस्थल रहेको थियो । देवीले देवताहरूलाई जम्मा गरेर ताल खन्न लगाएकी थिइन् । देवीका लागि गर्मीको समयमा नुहाउन ताल खनिएको थियो ।

स्थानीय पुर्खाहरूको भनाइमा धेरै वर्षदेखि यो तालको अस्तित्व रहँदै आएको छ । यो तालले पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना बोकेको छ । तालमा धेरै प्रजातिका रैथाने माछा, बकुल्ला, जलेवा, पानीहाँसलगायत विभिन्न जलप्राणी पाइन्छन् भने विभिन्न २१ जातका पानीमा हुने वनस्पति पाइन्छ । गाउँपालिकाकै पहिचानका रूपमा रहेको ताललाई व्यवस्थित र संरक्षण गर्न सके ताल क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ ।

तालमा आसपासका बासिन्दा माछा मार्न, साग टिप्न आउने गर्दथे । धार्मिक आस्थाको रूपमा भए पनि तालको क्षेत्रफल भने मानवीय र प्राकृतिक कारणले बर्सेनि घट्दै गएको छ । तालको क्षेत्रफल अहिले दिनदिनै अतिक्रमण भइरहेको छ भने तालको किनारमा तटबन्ध नगरिँदा तालमा माटो भरिँदै गएको छ । तालमा पानी नहुँदा तालको बगर स्थानीय युवाहरूको लागि खेलमैदान र गौचरनमा परिणत भएको छ ।

तालको पश्चिम किनारामा परापूर्वकालदेखि हिन्दूहरूको मेला लाग्दै आएको छ । साविकको पत्थरदेइया, गुगौली, खुरुहुरीया गाविसको मुख्य मेला यहाँ लाग्दछ । त्यस्तै सोही स्थानमा हिन्दू तथा मुसलमानले मनाउने मोहर्रमको मेलासमेत लाग्ने गरेको छ । मोहर्रम मेलामा ताहजिया सेलाउने गरिन्छ । रासस