२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्लज्ज निर्णय गर्नु जसरी पनि सत्तामा बसिरहने लालचबाहेक केही होइन- बिष्णु रिजाल



अ+ अ-

काठमाडाैं । नेकपा एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैच चरित्र भएको टिप्पणी गर्नुभएको छ । एमसीसी संसदमा टेबल गर्ने सत्तारुढदल हरुको निर्णय पछि नेता रिजालले साामजिक सञ्जालमा लेख्नुभयो  ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको छ ।

उहाँले लेख्नु भएको छ –

एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैच चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको छ । एकातिर आफ्ना भातृ संगठनलाई काला ब्यानर बोकाएर सडकमा उतार्ने, पार्टीका बैठकमा 'एमसीसी पारित गरिन्न' भनेर निर्णय गर्ने अनि अर्कातिर अमेरिकासँग ‘चार–पाँच महिनामा पारित गर्छौं’ भनेर लिखित कागज गर्ने र दृश्य/अदृश्य बैठकबाट एमसीसीलाई सदनमा पेश गर्न ‘सर्वसम्मत हुने’ विरोधाभाषी र निर्लज्ज निर्णय गर्नु जसरी पनि सत्तामा बसिरहने लालचबाहेक केही होइन ।

सत्तारुढ गठबन्धनसँग बहुमत छ– एमसीसी पेश गर्न मिल्छ, पारित गर्न पनि मिल्छ । तर, आफैँ पेश गर्ने र आफैँ विरोध गरेर दुनियाँ हँसाउन मिल्दैन । मन्त्रिपरिषद्ले एमसीसी अघि बढाउने भएकाले हिम्मत छ भने त्यसमा सहमत नभएकाहरुले राजीनामा दिएर देखाए हुन्छ ।