• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन

ट्वीटरको सीईओ पद छाड्ने एलन मस्कको घोषणा



एजेन्सी । ट्विटरका प्रमुख एलन मस्कले बुधबार कम्पनीको सीईओ पदबाट राजीनामाको घोषणा गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्– ‘यो पदमा कुनै मूर्ख भेटिएपछि म यस पदबाट राजीनामा दिनेछु । त्यस पछि, म सफ्टवेयर र सर्भर टोलीहरू मात्र व्यवस्थापन गर्नेछु ।’

उनले डिसेम्बर १९ मा प्रयोगकर्तालाई आफ्नो पदमा निरन्तरता दिने कि छाड्ने रु भन्नेबारे राय लिन भनेका थिए ।

पोलमा ५७।५ प्रतिशत प्रयोगकर्ताले ‘हुन्छ’ र ४२.५ प्रतिशतले ‘हुँदैन’ जवाफ दिएका छन् । मतदानमा १।७५ करोड मानिसले भाग लिएका थिए । एक करोड ६२ हजार जनताले मस्कले राजीनामा दिनुपर्ने बताएका थिए ।

उनले यो मतगणनाको नतिजा जे आउँछ, त्यसलाई पालना गर्ने लेखेका छन् । अधिकांशले पद छाड्न आग्रह गरेका थिए ।

एलोन मस्कले अक्टोबरमा ४४ बिलियन डलरमा ट्विटर किनेका थिए । ट्विटरको जिम्मेवारी लिएपछि एलोन मस्क कम्पनीमा ठूलो परिवर्तन गर्न व्यस्त छन् । केही दिनअघि पहिलो चरणमा करिब ३ हजार ७ सय कर्मचारीलाई उनीहरुले निकालेका थिए ।