• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

कांग्रेस संसदीय दलको चुनाव बुधबार हुने



file

काठमाडौं । नेपाली कांग्रेसले आउँदो बुधबार संसदीय दलको नेता चयन गर्ने भएको छ ।

कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचत समितिद्वारा सार्वजनिक कार्यतालिका अनुसार बुधबार कांग्रेसले संसदीय दलको नेता चयन गर्नेछ ।

आइतबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । जसमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् ।