२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकको निर्देशन: संशोधित निर्यात अनुदान कार्यविधि कार्यान्वयन गर



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सिमेन्ट, क्लिङ्करलगायत सामग्री निर्यात गर्दा अनुदान दिने प्रक्रियालाई अगाडि बनाउने निर्देशन दिएको छ ।

निर्यातमा अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ अनुसार ती सामग्री निर्यात गर्न केन्द्रीय बैंकले त्यस्तो निर्देशन दिएको हो । उक्त कार्यविधि नेपाल सरकारले संशोधन गरेपछि केन्द्रीय बैंकले सिमेन्ट, डन्डीलगायत सामग्रीको निर्यातमा दिइने अनुदानका लागि सम्बन्धित निकायलाई परिपत्र गरेको छ ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले थप छ वस्तुको निर्यातमा अनुदान दिने व्यवस्था गरेअनुसार निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधिको दोस्रो संशोधन गर्दै आठ प्रतिशतसम्म अनुदान दिने व्यवस्थालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेर राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

उक्त कार्यविधिमा निर्यात गर्ने उद्योगीले सोधभर्नाबाट निर्यात अनुदान रकम प्राप्त गर्ने व्यवस्था छ । यसअघि कागजात पुर्याएर निवेदन स्वीकृत भएको सात दिनभित्र रकम प्राप्त गर्ने व्यवस्था थियो । संशोधित कार्यविधिअनुसार अब अनुदान रकम पाउन १५ दिन लाग्ने भएको छ । अनुदान भुक्तानीको लागि नेपाल सरकारले राष्ट्र बैंकलाई रकम उपलब्ध गराउनेछ ।