• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ? ★   ‘चीनसँग बढी नजिक भयो भनेर भारतीय दबाबमा राजसंस्था हट्यो’ ★   च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र डर्टमण्ड भिड्दै ★   श्री केश तेलः कपाल उमार्ने भन्दै तेलको विज्ञापन गरेर कलाकार नै जान्छन् आफ्नो कपाल रोप्न…

आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्छौँः कांग्रेस



काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आगामी सरकार कांगे्रसकै नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकले संसदीय दलको निर्वाचनका लागि समिति पनि गठन गरेको छ । बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल भएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।