२० असार २०८३, शनिबार
,
Latest
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी-२० वरियतामा एक स्थान सुधार, आयरल्याण्डलाई उछिन्दै १२औँ स्थानमा उक्लियो



अ+ अ-

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी-२० वरियतामा एक स्थान सुधार गर्दै शीर्ष १२औं स्थानमा उक्लिएको छ। आइतबार सार्वजनिक नयाँ वरियतामा नेपाल आयरल्याण्डलाई उछिन्दै १२औँ स्थानमा उक्लिएको हो। 

नेपालले अन्तिम पटक गत वैशाखमा घरेलु भूमिमा सिरिज खेले यता कुनै पनि क्रिकेट खेल्न नपाएपनि वरियतामा भने सुधार गरेको हो। नयाँ टी-२० वरियतामा पनि इंग्ल्याण्ड शीर्ष स्थानमा कायमै छ। 

दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः भारत, न्यूजिल्याण्ड, पाकिस्तान र अष्ट्रेलिया छन्। यस्तै छैठौं स्थानमा दक्षिण अफ्रिका, सातौंमा अफगानिस्तान, आठौंमा वेष्ट इन्डिज, नवौंमा श्रीलंका,दशौंमा बंगलादेश र ११ औं स्थानमा जिम्बाम्बे छन्।

नेपालभन्दा पछि १३औं स्थानमा आयरल्याण्ड, १४औं स्थानमा स्कटल्याण्ड र १५ औं स्थानमा युएई छन्।