२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले विवाद संसदीय समितिमा छताछुल्ल



अ+ अ-

काठमाडौं । नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो । संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन सकेकोमा समितिका सदस्यहरूलाई बधाई दिँदा एमालेकै सांसद नारदमुनि रानाले प्रतिवाद गरेपछि विवाद उत्पन्न भएको थियो ।

सांसद रानाले संसद् पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेर प्रतिवाद गरेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा मच्चिएको थियो । आफ्नो बोल्ने पालो आएपछि एमाले संस्थापन पक्षका सांसद रानाले अहिलेको संसद् र सरकार परमादेशले बनाएको भनेपछि कांग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए ।

रानाले परमादेशको प्रसंग उठाएपछि नेता नेपालले प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भनेर आक्रोश व्यक्त गरे । कांग्रेस सांसद विपीन राजभण्डारीले संसद् र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिनुभएको थियो । उनले मन्त्रिपरिषद्मा गएर आएको सांसद समितिमा बस्न नपाउने नियम रहेको समेत स्मरण गराए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।