• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाइयो



काठमाडौँ । मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाइएको छ । सरोकारवालाहरुले नै आफूलाई मधेशी होइनौँ भनेपछि सूचीबाट हटाइएको मधेशी आयोगले जनाएको छ । यसअघि ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’ मा मेधशी आयोगले उपसमूह–१ मा थारु र २ मा मुस्लिमलाई राखेको थियो ।

मधेशी आयोगले सोही आधारमा मुस्लिम र थारु समुदायलाई पनि मधेशीका रुपमा परिभाषित गर्न सरकारसँग आग्रह गरेको थियो । गत असोज ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको चौथो वार्षिक प्रतिवेदनमा आयोगले थारु र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा परिभाषित गर्न सिफारिस गरेको सार्वजनिक भएसँगै मुस्लिम र थारु समुदायबाट विरोध भएको थियो ।

उनीहरुको आयोगले नै मधेशीको सूचीबाट हटाउन मधेशी आयोगमा निवेदन दिएका थिए । मधेशी आयोगका उपसचिव सविता डंगोलले विरोधपछि मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको जानकारी दिनुभएको छ । सूचीबाट हटाएको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाइएको उहाँले जानकारी दिनुभयो ।

थारु र मुस्लिम आयोगका अध्यक्षसहितका पदाधिकारीहरुले थारु र मुस्लिम समुदायको अलग्गै पहिचान र सभ्यता रहेको र मधेशी समुदायसँग मेल नखाने भएकाले मधेशीको सूचीमा राख्नु गलत भएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।