३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा युएइका लागि पहिलो राजदूत नियुक्त



अ+ अ-

तेल अभिभ । इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ) का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ ।  दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिनुभएको छ । 

इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिनुभयो । 

राजदूतमा नियुक्त हुनुभएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गर्नुभएको थियो । उहाँ राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित हुनुहुन्छ । “हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,” विदेश मन्त्री लापिडले भन्नुभयो । 

उहाँको अनुभव, क्षमता, योग्यता र विज्ञताले दुई देशको सम्वन्धलाई राम्रो बनाउदै दुबै पक्षको हितका कामहरु हुने आशाा गरिएको बताउनुभयो । (रासस-सिन्ह्वा)