• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता ★   जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटियो ★   हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न गृहको ३ बुँदे निर्णय ★   नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी ★   संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल ★   मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित ★   ‘नवौं नम्बरमा ब्याटिङ गर्न आएका धोनीले जिम्मेवारी लिनुपर्छ’ ★   गोंगबुको होटलमा महिलाको शव फेला, एक जना पक्राउ ★   ‘टाइटानिक’ मा क्याप्टेनको भूमिका निर्वाह गरेका अभिनेता बर्नार्ड हिलको निधन ★   नेपालले हिमालका मुद्दामा समान स्वार्थ भएका मुलुकलाई संगठित गर्नुपर्छ: जलवायुविज्ञ

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा



काठमाडौँ । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेल अन्तर्गत अल बायेत मैदानमा भर्खरै सम्पन्न खेलमा मोरकक्कोलाई २-० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

फ्रान्सलाई जित दिलाउन थिओ हर्नान्डेज र रान्डल कोलो मोउनीले गोल गरे । खेलको पाँचौं मिनेटमा नै हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए ।

यस्तै, कोलो मोउनीले ७९ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको ४४ सेकेन्डमा नै उनले गोल गर्न सफल भए । त्यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्स विजेता बन्यो । मोरक्कोले थुप्रै गोल गर्ने अवसरहरु सिर्जना गरेपनि गोल गर्न भने सकेन ।

अब फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल आइतबार ८ः४५ बजे लुसेल मैदानमा हुनेछ ।