१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सुदूरपश्चिम प्रदेशसभा बैठक कक्षका संरचना सुधार गरिँदै

सुदूरपश्चिम प्रदेशसभा बैठक कक्षका संरचना सुधार गरिँदै
अ अ+ अ-

सुदूरपश्चिम । दोस्रो कार्यकालका लागि गठन हुन लागेको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालनका लागि धनगढीस्थित प्रदेशसभा भवनका आवश्यक संरचनामा सुधार गर्ने काम भइरहेको छ ।

प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल, माइकको पुनः जडान कार्यका साथै र थप केही संरचनामा पहिलेको भन्दा सुधार गर्न लागिएको छ । यसबाहेक बैठक कक्षबाहिर सरसफाई र आवश्यक संरचनामा रङरोगन गर्ने कामसमेत भइरहेको छ ।

प्रदेशसभाका सचिव देवबहादुर बोगटीले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम(युएनडिपी)को संसद् सहयोग परियोजनाको रु २० लाखको सहयोगमा सबै काम भइरहेको बताउनुभयो ।

“प्रदेशसभाको बैठक सञ्चालनका लागि सचिवालयले गर्नुपर्ने आफ्नो तयारी गरिरहेका छौँ,” सचिव बोगटीले भन्नुभयो, “प्रदेशसभाका नव निर्वाचित सदस्यका बारेमा निर्वाचन आयोगबाट जानकारी आइसकेपछि सचिवालयले गर्नु पर्ने कामका बारेमा सम्बन्धित पक्ष र निकायसँग समन्वय गर्ने तयारीमा छौँ ।”

प्रदेश तहमा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था प्रदेशसभा हो । शासन प्रणालीमा तोकिएको विधिका माध्यमले नीति निर्धारण र कानून निर्माण गर्ने महत्त्वपूर्ण काम प्रदेशसभाले गर्छ । सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको कार्यान्वयनसँगै विसं २०७४ देखि प्रदेशस्तरमा प्रदेशसभाले काम थालेको हो ।

हालै सम्पन्न निर्वाचनमार्फत प्रदेशसभाको दोस्रो कार्यकाल सुरु हुन लाग्दा सुदूरपश्चिम प्रदेशसभा भवन र बैठक कक्षलाई चिटिक्क पार्न लागिएको हो ।

सम्पन्न चुनावको अन्तिम नतिजासँगै सुदूरपश्चिम प्रदेशसभामा छ दलको प्रतिनिधित्व हुँदैछ । त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । उन्नाइस सदस्य विजयी हुँदै सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । आठ प्रत्यक्ष र तीन समानुपातिक गरी ११ सदस्य विजयी भएको नेकपा (माओवादी केन्द्र) दोस्रो र तीन प्रत्यक्ष र सात समानुपातिक गरी १० सदस्य विजयी भएको नेकपा ९एमाले० तेस्रो दलको रूपमा देखिएको छ ।

यसअघिको चुनावमार्फत एक÷एक सदस्यको प्रतिनिधित्व गरेको जनता समाजवादी पार्टी र तराई लोकतान्त्रिक पार्टी यो चुनावपछि भने प्रदेशसभाबाट बाहिरिएका छन् । प्रत्यक्षमा कुनै पनि क्षेत्रमा चुनाव जित्न नसकेका यी दुई पार्टीले समानुपातिकमा पनि आवश्यक मत ल्याउन सकेनन् ।

नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० प्रदेशसभाका लागि नयाँ दलको रूपमा देखिएका छन् । पहिलो पटक नागरिक उन्मुक्तिको प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिक दुई गरी सात जना, राप्रपाको समानुपातिक निर्वाचित एक सदस्यको प्रदेशसभामा प्रतिनिधित्व हुँदैछ ।

यसअघिको प्रदेशसभामा १४ सदस्यसहित सबैभन्दा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी) यो चुनावमा प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक एक गरी चार सदस्यमा सीमित हुन पुगेको छ ।

तत्कालीन समयमा नेकपा (एमाले)मा आएको विभाजनसँगै प्रदेशसभा सदस्यमा निर्वाचित २५ सदस्यमध्ये १४ सदस्य नेकपा (एकीकृत समाजवादी)मा लागेका थिए । प्रदेशसभामा एक जना स्वतन्त्र सदस्य (डडेलधुराबाट निर्वाचित डा तारा जोशी) को पनि प्रतिनिधित्व हुँदैछ ।

प्रदेश सरकार गठनका लागि २७ जनाको बहुमत अवश्यकता हुन्छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम प्रदेशप्रमुखलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने जनाइएको छ । सचिव बोगटीले भन्नुभयो, “प्रदेश प्रमुखसमक्ष निर्वाचनको नतिजा आइसकेपछि सरकार गठनको प्रक्रिया सुरु हुन्छ होला ।”

प्रदेशसभामा पहिलो पटक भाग लिनुअघि कानूनबमोजिम सपथ लिनुपर्ने व्यवस्था छ । संविधानअनुसार सभामुख र उपसभामुखको निर्वाचन नभई दुवै पद रिक्त रहेको अवस्थामा प्रदेशसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।

सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान चार सदस्य पुनः दोस्रो कार्यकालका लागि प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी दार्चुलाबाट र अक्कलबहादुर रावल अछामबाट दोस्रो पटक पनि निर्वाचित हुनुभएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी कैलालीबाट र प्रकाशबहादुर रावल कञ्चनपुरबाट पुनः प्रदेशसभामा निर्वाचित हुनुभएकोे छ ।

यो पटक कांग्रेस नेता डिल्लीराज पन्त प्रदेशको राजधानीसमेत रहेको कैलाली–५ बाट र एमाले नेता तारालामा तामाङ कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यसअघि उहाँहरू दुवै जना प्रदेशसभा सदस्य हुनुहुन्थ्यो ।

प्रत्यक्ष निर्वाचनमा टिकट पाउनुभएका १२ जना प्रदेशसभाका पूर्वसदस्यले भने यो पटकको चुनावमा पराजय बेहोर्नुपरेको छ । प्रदेशसभा सदस्यमा निर्वाचित हुने ४९ जना नयाँ अनुहार हुनुहुन्छ ।