२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मथलो कास्की पुगेर प्रचण्डले भने– अर्को चुनाव यहीँबाट लड्न सक्छु



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका छन् ।

बुधबार आफ्नो जन्मथलो कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित श्री महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आउँदो निर्वाचन कास्कीबाट लड्न सक्ने बताएका हुन् ।

आफू अहिलेसम्मका निर्वाचनमा फरक–फरक क्षेत्रबाट चुनाव लडेको भन्दै अर्को पटक कास्कीबाट लड्न पनि सक्ने प्रचण्डको भनाई थियो ।

उनले भने, ‘मैले पहिलोपटक काठमाडौं र रोल्पाबाट निर्वाचन लडेँ । दोस्रोपटक मधेशबाट लडेँ । त्ययसपछि चितवनबाट लडेँ । अहिले गोरखाबाट चुनाव जितेर आएको छु । समय भनेजस्तो भयो भने अर्को पटक कास्कीबाट पनि चुनाव लड्न सक्छु ।’