३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । 

माधव नेपाल पक्षीय नेताहरुको आईतबार र सोमबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको स्थायी समितिका नेताहरुको बैठकले पार्टी एकताका लागि भईरहेका प्रयासहरु सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई टुंगोमा पु¥याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको हो । बैठकले पार्टी एकताका लागि भईरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह समेत गरेको छ । “पार्टी एकताका लागि भएका प्रयासहरु धेरै हदसम्म सकारात्मक छन । 

ती प्रयासहरुलाई छिटो टुंगोमा पु¥याउनका लागि थप प्रयास गरौं भन्ने कुरा भयो । सबैै नेताहरुले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन ।” नेता रघुजी पन्तले बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भन्नु भयो, “तर दुवै पक्षका शिर्ष नेताहरुले पार्टीको एकताका लागि भएका प्रयासहरुलाई विथोलिने गरी अभिव्यक्ति दिनु भएन् । 

नेकपा एमालेका देशभरीका कार्यकर्ता, मतदाताहरु र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनताहरु एमालेको एकता चाहन्छन भन्ने आत्मबोध गरिएको छ । त्यसैैले पार्टी एकतालाई गम्भिरतापूर्वक अघि बढाउँदै सफल बनाउनु पर्छ भन्नेमा जोड दिइएको छ ।”

बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टैै भेट हुने विश्वास पनि व्यक्त गरेको छ । शिर्ष नेताहरुलाई भेटघाटका लागि आग्रह गरिएको पनि नेता पन्तले जानकारी दिनु भयो । पार्टीलाई एकतावद्ध बनाउँदैै देशव्यापी रुपमा सशक्त ढंगले अघि बढन आफूहरु तयार रहेको उहाँले बताउनु भयो ।

बैठकमा संविधानको रक्षा, प्रतिनिधिसभाको पुनस्र्थापनासँगै यसको प्रभावकारी काम कार्वाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि नेताहरुले छलफल गरेका थिए ।