२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपमा तीन दिनभित्र दुई पत्रकारको मृत्यु



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा तीन दिनभित्र दुई पत्रकारको मृत्यु भएको छ । मंगलबार कतारका फोटो पत्रकार खालिद–अल–मिस्लामको मृत्युको खबर सार्वजनिक भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार खालिद कतारको अल कास टिभीका लागि काम गरिरहेका थिए ।

यसअघि शनिबार अमेरिकी पत्रकार ग्रान्ट वालको मृत्युको खबर बाहिर आएको थियो । समलिङ्गी समुदायको समर्थनमा इन्द्रेणी शर्ट लगाएका उनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो र केही दिनपछि वालको मृत्यु भएको खबर आयो ।

यद्यपी खालिदको मृत्युको कारण भने खुल्न सकेको छैन । उनको मृत्युको खबर पहिलो पटक स्थानीय समाचार एजेन्सी गल्फ टाइम्सले दिएको थियो । त्यहाँ लेखिएको छ – ‘फिफा विश्वकप कभर गर्ने क्रममा खालिदको अचानक निधन भयो । उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’

अल कास टिभीले पनि प्रत्यक्ष प्रसारणमा समाचारको पुष्टि गर्दै थप विवरणको लागि पर्खिरहेको बताएको छ । ४८ घण्टाअघि लुसेल स्टेडियममा अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको क्वार्टरफाइनल खेल कभर गर्ने क्रममा अचानक लडेर अमेरिकी पत्रकार ग्रान्ट वालको मृत्यु भएको खबर आएको थियो ।