२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला भलिबल प्रतियोगिता सुरु



अ+ अ-

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बल हस्तान्तरण गरेर संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उद्घाटन खेल हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाबीच भएको छ ।

प्रतियोगितामा हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको सहभागिता रहेको उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । महिलालाई खेल क्षेत्रमा अघि बढाउन पालिकाले सदैव सहयोग गर्ने उहाँले बताउनुभयो । प्रतियोगितामा पहिलो हुनेले एक लाख ११ हजार एक सय ११, दोस्रोले ६५ हजार एक सय ११, तेस्रोले ३५ हजार एक सय ११ र सान्त्वनाले रु २५ हजार एक सय ११ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता भोलिसम्म चल्ने खेलाडी श्याम शर्मा एलसीले जानकारी दिनुभयो ।

६ सय ७५ विद्यार्थीलाई स्टेसनरी सामग्री

हेलम्बु एजुकेसन एन्ड लाइभलिहुड पार्टनरर्र्शिप (हेल्प) द्वारा सोमबार पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका सातकन्यामती मावि र कुम्भेश्वरी आधरभूत विद्यालयका ६ सय ७५ विद्यार्थीलाई शैक्षिक, स्वास्थ्य सामग्री र टोपी सहितको झोला वितरण गरिएको छ ।

सिन्धुपाल्चोकका पूर्वजिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम, हेल्पका अध्यक्ष जिमी लामा, वडा नं ५ का अध्यक्ष काले गोले, सातकन्यामती माविका प्रअ प्रेम तामाङ लगायतले उक्त सामग्री वितरण गर्दै उक्त सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो । हेल्पले १० वर्षअघि ‘स्कुल इन अ ब्याग’ सुरु गरेको र हालसम्म २० जिल्लाका २१ हजार विद्यार्थीलाई यस्ता सामग्री वितरण गरेको अध्यक्ष लामाले बताउनुभयो । हेल्पले जिल्लामा मेलम्ची, त्रिपुरासुन्दरी र पाँचपोखरीमा २७ जना साथी शिक्षक पनि सहयोग गरेको लामाले बताउनुभयो । सातकन्यामती माविका अध्यक्ष कालिका र कुम्भेश्वरी आधरभूत विद्यालयका प्रधानाध्यापक देवी पौडेलले सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा गौतमले स्थानीय तहले गुणस्तरीय शिक्षाका लागि धेरै काम गर्न सक्ने बताउनुभयो । विद्यालय नियमित गराउन तथा स्वास्थ्य सचेतना बढाउन यी सामग्री वितरण गरिएको हेल्पले जनाएको छ । संस्थाले शिक्षामा शिक्षक, सामग्री सहयोग, भवन निर्माण, तालिमलगायत सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना, बाढी, भूकम्प जस्ता प्रकोप पीडितलाई सहयोग गर्दै आएको छ ।