१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु, तीनको अवस्था गम्भीर



अ+ अ-

काठमाडौं । जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका–४ भीरबाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना गम्भीर घाइते भएका र उनीहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

छेडागाडको जेवा भन्ने स्थानबाट लेवाका लागि जान लागेको कर्णाली प्रदेश ०२–००१च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी छ ।