१९ श्रावण २०८३, मंगलवार
,
Latest
सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व संकलन ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग हल्दीबारीमा वडा सङ्ख्या विस्तार गर्न माग यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान माडीका विस्थापित चेपाङ समुदाय गरिबी, हिंसा र बेचबिखनको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीको चुनावी खर्च १८ लाख ८२ हजार



अ+ अ-

काठमाडौँ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनी विजयी बनेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओेलीले निर्वाचन खर्च विवरण बुझाएका छन् ।

अध्यक्ष ओलीले प्रचार सामग्री छपाइ, यातायात, खाजा, खाना, सम्पर्क कार्यालय स्थापना लगायतको शीर्षकमा रु १८ लाख ८२ हजार चुनावी खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान रहेको छ । झापाबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका एक सय ९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।