१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङको त्रिपुरासुन्दरीमा श्रीमान र श्रीमती मृतावस्थामा फेला



अ+ अ-

धादिङवेशी । धादिङको त्रिपुरासुन्दरीमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका छन् । त्रिपुरासुदरी गाउँपालिका– ३ मुलपानी आहालेमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका हुन् ।

अन्दाजी ७० वर्षीय श्रीमान विष्णुबहादुर आलेमगर र ६५ वर्षीय श्रीमती निरमायाँ आलेमगरको हत्या भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । श्रीमती निरमायाँको शव घरभित्रै रहेको र श्रीमान विष्णुको शव भने घरबाहिर रहेको घटना स्थलबाट स्थानीयले बताएका छन् ।

उनीहरू दुवै जना हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।