९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल(भिडियोसहित)

राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल(भिडियोसहित)
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताउनुभएको छ ।

सोमवार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद पौडेलले घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोहीपनि नजोडिने बताउनु भयो ।

उहाँले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरुलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने दाबी गर्नुभयो । उहाँले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा कामहरु अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि बताउनु भयो । उहाँले यसअघि विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कतिपय सडकमा विद्युत प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको बताउनु भयो । उहाँले बिग्रिएका बाटोहरुको मर्मतका लागि आवश्यक पहल गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिले धेरै विश्वास गुमाइसकेको छ । घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहीरह्यो भने राजनीतिसँग कोही जोडिँदैन । राजनीतिको ठूलो तहमा पुगेपनि समाजले सम्मान गर्ने स्थिति हुँदैन । स्थानीय तहले नै स्थानीय तहको विकास गर्ने हो । हामी बजेट ल्याउने कुरामा प्रदेश र संघका सांसदहरु लाग्नेछौँ । भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका कामहरु अघि बढाऔँ । ४ नम्बरमा सबै करिडोर बनेको छ, हाम्रो ५ मा करिडोर बनाउन किन रोकिएको ? मापदण्ड अनुसार बनाउँदै जाऔँ । विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको ? करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुन्छ । विकास व्यवस्थित ढंगले अघि बढ्ने परिस्थिति बन्छ । तत्काल हामीले करिडोर अघि बढाउन के गर्नुपर्छ, त्यसका लागि हामीले स्थानीय जनप्रतिनिधिसँग छलफल गरिरहेका छौँ । आवश्यक्ता अनुसार हामी काम गर्नेछौँ । विद्युत प्राधिकरणले तार भूमिगत गर्छु भनेर बाटो भत्काएर अलपत्र बनाएको छ, खोनेपानीले पानी ल्याउँदा बाटो नै भत्काएर अलपत्र बनाएको छ, धुलो उडेर जनताले सास्ती पाएका छन् । हामीले बिग्रिएका बाटोहरुको मर्मतका लागि लबिङ गर्न जरुरी छ ।’

नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा बाटो र खानेपानीको समस्या धेरै रहेको बताउनु भयो । उहाँले आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नका लागि निर्वाचन क्षेत्रमा रहेका समस्या समाधानको पहलकदमी थालेको पनि बताउनु भयो । उहाँले सरकार सञ्चालन गर्ने हरेक दलहरुले एक घर, एक धाराको नीति लिएपनि काठमाडौंमा नै एक घर, एक धाराको नीति लागू गर्न नसकेको बताउनु भयो ।

नेता पौडेलले कर तिरेका नागरिकहरुले सुविधा पाउँ भनेर भन्नु असम्भव र नराम्रो नभएकाले नागरिकलाई अहिलेसम्म पनि सहजता प्रदान गर्न नसक्नु दुखद् भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बाटो, खानेपानीको समस्या धेरै छन् । यो काँग्रेसको सरकार होस् वा एमालेको सरकार वा कुनै सरकारको नीति एक घर, एक धारा छ । काठमाडौंमा लागू हुन सकेको छैन । हामीले यो कुरालाई प्रखर ढंगबाट अघि बढाउनु पर्छ । कर तिरेका नागरिकहरुले सुविधा पाउँ भनेर भन्नु भनेको हुन नसक्ने कुरा खोजेको होइन, तर किन सुविधा उपलब्ध हुन सकेका छैनन् । ताली बज्ने कुरामात्रै हामीले गरेर हुँदैन ।’

नेता पौडेलले विष्णुमतीको मुहानदेखि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विष्णुमती करिडोर सडकलाई बनाउने, स्तरोन्नती गर्ने र कालोपत्रे गर्ने कुरामा आफू निरन्तर लागिपर्ने बताउनु भयो । विष्णुमती करिडोर सडक करिव १२ करोड रुपैयाँमा निर्माण हुने अनुमान गरिएको छ ।