२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिता मङ्सिर २६ गतेदेखि लागू नरहने आयोगको निर्णय



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‍को गत सोमबारको निर्णयानुसार आयोगले असोज १२ देखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय गरेको हो ।

आयोगले भनेको छ ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम संवत् २०७९ साल मङ्सिर महिनाको ४ गते आइतबार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको सन्दर्भमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम मिति असोज १२ देखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता संवत् २०७९ साल मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय निर्वाचन आयोगले गरेको छ ।’

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ ।