९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव

विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव
अ अ+ अ-

विराटनगर । जीवनाशक विषादीको प्रयोग सावधानीपूर्वक गर्नुपर्नेमा सहभागीहरुले दिएका छन् । ‘टाढा र नजिक’ दुवै ठाउँमा राख्न नसकिने यस्ता विषादी प्रयोग गर्दा वातावरणमैत्री र जनस्वास्थ्यमा असर नपर्ने विधि अवलम्बन गर्नुपर्ने उनीहरुको सुझाव छ ।

ललितपुरको हरिहर भवनस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रद्वारा आज यहाँ आयोजित जीवनाषक विषादी ऐन तथा नियमावलीसम्बन्धी विषादी विक्रेता, आयातकर्ता र सरोकारवालाबीचको अन्तक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

विषादी कृषि उत्पादनका लागि अति आवश्यक भए पनि यसको मात्रा दिनप्रतिदिन घटाउँदै लैजानुको विकल्प नरहेको भन्दै उनीहरुले ऐन तथा नियमावलीमा उल्लेखित व्यहोरा पूर्णपालना गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रदेश नं १ र मधेस प्रदेशका विषादी व्यवसायी, आयातकर्ता र सरोकारवाला गरी ३० जना सहभागी रहेको सो गोष्ठीमा प्रदेश नं १ का कृषि मन्त्रालयका कानुन अधिकृत शङ्कर बाराकोटीले विषादी ऐन र नियमावलीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

नेपालमा बर्सेनि करिब आठ सय ३१ मेट्रिकटन जीवनाषक विषादी आयात हुने गरेको छ । एकसय ६५ प्रकारका त्यस्ता विषादीमा २४ प्रकारको विषादी आयात हुन सरकारले प्रतिबन्ध लगाएको वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलले जानकारी दिनुभयो ।

गोष्ठी उद्घाटन गर्दै प्रदेश नं १ कृषि सचिव मेघनाथ तिमल्सेनाले नेपालमा २०५१ सालमा जीवनाषक विषादी ऐन तर्जुमा भएको चर्चा गर्दै यस्तो विषादी प्रयोगकर्तासम्म ऐनमा उल्लेखित विषयमा जानकारी गराउनु अपरिहार्य भएको बताउनुभयो । उहाँले वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने विषादी प्रयोगमा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रका प्रमुख सावित्री बरालले विषादी व्यवसायीले आफ्नो व्यवसायसँगै दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रमा देखिएका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा विषादी व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष अनिलकुमार साहले ऐनमा उल्लेखित कुरा र मार्गदर्शनअनुरुप कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस