• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

पिएसजीका तीन साथीले विश्वकपको सेमिफाइनल खेल्दै



एजेन्सी । कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै विश्वकपमा सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।

साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले अन्तिम चारमा स्थान बनाएका छन् ।

संयोगबस, फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का तीन खेलाडीहरुले सेमिफाइनल खेल्ने भएका छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसी, फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे र मोरक्कोका असरफ हाकिमीले सेमिफाइनलमा आफ्नो टोलीबाट खेल्नेछन् ।

हाकिमी र मेसी सन् २०२१ देखि पीएसजीमा आबद्ध छन् भने एमबाप्पे सन् २०१८ देखि पीएसजीबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । जारी सिजनमा एम्बाप्पेले २० खेल (सम्पूर्ण प्रतियोगिता)मा १९ गोल गरेका छन् भने ५ असिस्ट गरेका छन् । यस्तै, मेसीले १८ खेलमा ११ गोल र १४ असिस्ट गरेका छन् । हाकिमीले २० खेलमा ३ गोल र ३ असिस्ट गरेका छन् ।

१९ खेलमा १३ गोल र ११ असिस्ट गरेका पिएसजीकै नेयमारको टोली ब्राजिल भने क्वाटरफाइनलबाटै बाहिरिएको छ ।