९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा तीन जना पक्राउ

कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा तीन जना पक्राउ
अ अ+ अ-

कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिकाकी १७ वर्षिया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कक्षा ९ मा अध्ययन गरिरहेकी किशोरीलाई पटकपटक बलात्कार गरेको भन्दै किशोरी र परिवारजनको जाहेरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

बलात्कारको आरोपमा पक्राउ पर्नेमा बेलौरी नगरपालिकाका २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर राना रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए।

पक्राउ परेका तीनै जना किशोरीको आफन्ति रहेको र उनीहरुले फरक फरक मितिमा किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

किशोरीको स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। किशोरीको महिनावारी रोकिएपछि परिवारका सदस्यहरूले घटनाबारे थाहा पाए लगत्तै प्रहरीमा जाहेरी दिएका थिए।