२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.29

Wind: 1.54

Humidity: 82

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशसभामा १० दलको प्रतिनिधित्व



अ+ अ-

जनकपुर । मधेस प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको हो ।

कुल एक सय सात सदस्य रहेको प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व हुने भएको हो ।

मधेस प्रदेशमा प्रत्यक्षतर्फ १५ सिट जितेर पहिलो दल बनेको एमालेले समानुपातिकमा आठ सिट थपेर २३ सिट पु¥याएको छ भने प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ नौ सिट थपेर २२ सिट पु¥याएर दोस्रो दल बनेको छ ।

विसं २०७४ को निर्वाचनमा मधेस प्रदेशसभामा पहिलो दल बनेको जसपा यसपालि प्रदेशसभामा तेस्रो दलमा सीमित भएको छ । जसपाले प्रत्यक्षतर्फ नौ र समानुपातिकमा सातसहित १६ सिट जितेको निर्वाचन आयोगले जनाएको छ ।

डा सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशमा प्रत्यक्षतर्फ छ सिट र समानुपातिकमा सात गरी १३ सिटसहित मधेस प्रदेशसभामा चौथो दलका रूपमा स्थापित भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० भने पाँचौँ दल बनेको छ । प्रत्यक्षतर्फ सात सिट जितेको लोसपाले समानुपातिकमा दुई सिट थप्दै नौ सिट पु¥याएको छ ।

सङ्घीय संसद्मा तेस्रो शक्ति बनेको माओवादी केन्द्र भने मधेस प्रदेशमा छैटौँ बनेको छ । प्रत्यक्षतर्फ चार सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा पनि चार सिट नै पाएर छैटौँ दल बनेको हो ।

नेकपा ९एकीकृत समाजवादी०ले प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ तीन गरी सात सिटसहित सातौँ दल बन्दा राप्रपा, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एक–एक सिट पाएर मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् । मधेस प्रदेशमा प्रत्यक्षतर्फ छ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । अघिल्लो मधेस प्रदेशसभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, लोससा, एकीकृत समाजवादीसहित आठ दलको प्रतिनिधित्व थियो ।रासस