१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.49

Wind: 1.03

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको पदाधिकारी बैठक जारी



अ+ अ-

काठमाडौँ । समानुपातिक सांसदको नाम टुङ्ग्याउन बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ समानुपातिक सांसद छान्नुपर्ने हुन्छ ।

निर्वाचन आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा समानुपातिकबाट निर्वाचित हुने सिट संख्या तोकेर नाम पठाउन पत्र काटेपछि दलहरू बन्दसूचीमा रहेका नाम छुट्याएर आयोगलाई पठाउनका लागि व्यस्त छन् ।

मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकतर्फ १४ सिट जितेको छ ।