• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

चन्डीगढमा विवाह गर्दैछन् सिद्धार्थ–कियारा



एजेन्सी । यतिबेला बलिउड कपल सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको विवाहले चर्चा बटुलिरहेको छ । छिटै नै दुवैजना विवाह बन्धनमा बाँधिने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार यो जोडीले आफ्नो विवाह स्थल तय गरेका छन् । दुवैले पञ्जाबको राजधानी चण्डीगढमा विवाह गर्न लागेका हुन् ।

यति मात्र होइन, मल्होत्रा ​​र आडवाणी परिवार विवाहको तयारीमा जुटेका छन् । बिहेको मिति छिट्टै औपचारिक घोषणा हुने विश्वास गरिएको छ ।

इन्डिया टुडेको रिपोर्ट अनुसार सिड–कियाराको विवाहका लागि चण्डीगढको ओबेरोय सुखविलास होटल रोजिएको खुलासा भएको छ ।

चंडीगढ दिल्लीको एकदमै नजिक छ, त्यसैले सिद्धार्थ मल्होत्राको परिवारका लागि यो सुविधाजनक हुनेछ । विवाहपछि मुम्बईमा जोडीको ग्राण्ड रिसेप्शन हुने बताइएको छ ।