२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपः साविक विजेतासहित चार च्याम्पियन राष्ट्र मैदानमा, चारको नजर पहिलो ट्रफिमा



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शुक्रबारदेखि शीर्ष ८ टोलीबीच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुँदैछ । ३२ राष्ट्रले सहभागिता जनाएको यस विश्वकपमा अब ८ देशमात्र उपाधिका लागि दौडमा छन् ।

जसमा ब्राजिल, क्रोएसिया, नेदरल्यान्ड्स, अर्जेन्टिना, मोरक्को, पोर्चुगल, इंग्ल्याण्ड र फ्रान्स रहेका छन् ।

९२ वर्ष पुरानो प्रतियोगिताको चालू सिजनको क्वाटरफाइनलमा ४ टोलीले विश्वकपको उपाधि जित्न सफल भएका छन् । बाँकी ४ ले एकपटक पनि उपाधि उचाल्ने मौका पाएका छैनन् । ब्राजिलले ५ उपाधि जितेको छ भने अर्जेन्टिना र फ्रान्सले २ उपाधि जितेका छन् । जबकि इंग्ल्याण्डले एक उपाधि जितेको छ ।

ब्राजिल भर्सेस क्रोएसिया – राति ८ः४५ बजे
पाँच पटकको च्याम्पियन ब्राजिल १७ औं पटक विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । टोलीले लगातार आठौं पटक विश्वकपको शीर्ष ८ मा प्रवेश गरेको हो ।

जबकि क्रोएसिया तेस्रो पटक यो राउण्डमा पुग्न सफल भएको छ । सन् २०१८ को रुसमा भएको विश्वकपमा उपविजेता रहेको क्रोएसिया फाइनलमा फ्रान्ससँग ४–२ ले पराजित भएको थियो ।

अर्जेन्टिना भर्सेस नेदरल्याण्ड्स – राति ००ः४५ बजे
नेदरल्याण्ड्सले योसहित पाँचौं पटक क्वाटरफाइनलमा स्थान बनाएको हो । अर्कोतर्फ अर्जेन्टिनाले २ पटक उपाधि जितेको छ । डिएगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाको टोली सन् १९८६ मा च्याम्पियन बनेको थियो । यस्तै, सन् १९७८ को विश्वकप उपाधि पनि अर्जेन्टिनाले उचालेको थियो ।

मोरक्को भर्सेस पोर्चुगल – शनिबार राति ८ः४५ बजे
यस खेलका दुवै टोलीले विश्वकप जितेका छैनन् । मोरक्को विश्वकपको यो राउण्डमा पुग्ने अफ्रिकाको चौथो देश हो । पोर्चुगल तेस्रो पटक अन्तिम ८ मा प्रवेश गरेको छ । उसले पछिल्लो पटक सन् २००६ मा अन्तिम ८ मा स्थान बनाएको थियो ।

इंग्ल्याण्ड भर्सेस फ्रान्स – शनिबार राति ००ः४५ बजे
सन् १९६६ को च्याम्पियन इंग्ल्याण्ड १० औं पटक यस राउण्डमा पुगेर सेमिफाइनलमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ । पछिल्लो पटक पनि इंग्ल्याण्ड सेमिफाइनलसम्म पुगेको थियो जहाँ उसले क्रोएसियासँग २–१ ले हार ब्यहोरेको थियो ।

अर्कोतर्फ साविक विजेता फ्रान्सले २०१८ को विश्वकप फाइनलमा क्रोएसियालाई ४–२ ले हराउँदै उपाधि जितेको थियो । त्यसअघि फ्रान्सले १९९८ मा ब्राजिललाई हराउँदै उपाधि जितेको थियो ।