३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काग्रेस नेता भुपेन्द्रजंग शाही को प्रश्न: पार्टीमा केही मुठ्ठीभर मान्छेको रजाइँ मात्र चल्ने हो ?

काग्रेस नेता भुपेन्द्रजंग शाही को प्रश्न: पार्टीमा केही मुठ्ठीभर मान्छेको रजाइँ मात्र चल्ने हो ?
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीमा पद नभई पार्टीको चिन्ता गर्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले को व्यक्ति मन्त्री, को मुख्यमन्त्री र को प्रधानमन्त्री बन्ने भन्दा पनि पार्टीलाई कसरी शुद्धीकरण र सुदृढीकरण गर्ने बहसको थालनी गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, “व्यक्ति बलियो बनाउने भन्दा संस्था कसरि बलियो बनाउने छलफल केन्द्रीत गरौँ। तत्काल नीति महाधिवेशन र महासमितिको बैठकको आयोजना गरेर पार्टी निर्माण तथा देश निर्माणमा नीतिगत र वैचारिक बहसको व्यापक थालनी गरौँ।”

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीले सोचेको जस्तो परिणाम नआएकाले तत्काल समीक्षा गर्नुपर्ने बताउनुभएको छ । उहाँले एमालेलार्इ परास्त गर्ने भनेर ५ दलको महागठबन्धन गर्दा पनि एमाले सशक्त नै देखियो भन्दै यस विषयमा गम्भीर ढंगले सोच्नुपर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको टिप्पणी यस्तो छ ः

पद होइन पार्टीको चिन्ता गरौँ।

१) सर्वप्रथम निर्वाचनमा पार्टीले सोचेको जस्तो परिणाम किन आएन रु यसको तत्काल समीक्षा गरौँ।

२) को व्यक्ति मन्त्री, को मुख्यमन्त्री, को प्रधानमन्त्री बन्ने भन्दा पनि पार्टीलाई कसरी शुद्धीकरण र सुदृढीकरण गर्ने बहसको थालनी गरौँ ।

३) व्यक्ति बलियो बनाउने भन्दा संस्था कसरी बलियो बनाउने छलफल केन्द्रीत गरौँ। तत्काल नीति महाधिवेशन र महासमितिको बैठकको आयोजना गरेर पार्टी निर्माण तथा देश निर्माणमा नीतिगत र वैचारिक बहसको व्यापक थालनी गरौँ।

४) गठबन्धन किन असफल भयो ? दुईतिहाइ बहुमत ल्याउने भनेको गठबन्धन बहुमत ल्याउन पनि किन असफल भयो ?

५) एमालेलाई परास्त गर्ने भनेर ५ दलको महागठबन्धन गर्दा पनि एमाले सशक्त नै देखियो। यस विषयमा गम्भीर ढंगले सोचौँ।

६) समानुपातिकमा काङ्ग्रेसको निकै नै मत घट्यो, यसको जिम्मा पदाधिकारीले लिनु पर्ने कि नपर्ने ? कि कार्यकर्ताले लिनु पर्ने हो ?

७) टिकट वितरणमा गरिएको अन्याय, अत्याचार र मनपरीका विरुद्ध उतिबेला कोही नबोल्ने। पार्टीमा योगदान गरेका, दुःख गरेका, आफ्नो सम्पस्र्ण जीवन समर्पित गरेका नेता कार्यकर्ताहरुको राजनीति समाप्त पार्ने अनि आज पन्छाएर किनारामा पारिएकाहरुको विषयमा केही बोल्न पर्ने कि नपर्ने रु खाली केही मुठ्ठीभर मान्छेको रजाइँ मात्र चल्ने हो त रु

८) देशैभरि युवाको लहर आएको बेला काङ्ग्रेसमा युवालाई टिकटै नदिएर पन्छाउने अनि अहिले यसको जिम्मेवारी नलिएर पदाधिकारीहरु पानीमाथिको ओभानो बन्न मिल्छ र ?

९) पार्टीबाट भएका कमिकमजोरीहरुको नेत्तृत्वले जिम्मा लिनु पर्छ तर कुनै पनि गलत निर्णयमा कसैले असहमति गरेको पाइएन । हरेक निर्णय सहमतिमै गरेको देखिन्छ त्यसैले टिकट वितरणमा बस्नुभएका अरु नेताहरु जिम्मेवारीबाट भाग्न मिल्छ कि मिल्दैन ?

१०) पार्टी महाधिवेशनबाट अब काङ्ग्रेस युवामय होला भनेको त झन युवाले टिकट पाएनन्, नेविसंघ र तरुण दललाई कोमामा राखियो, युवाको आवाज झन बन्द गर्ने काम भयो । अब यसको जिम्मेवारी कसले लिने ? यसको उत्तर कसैले दिन पर्ने कि नपर्ने ?