• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

चोलेन्द्रलाई सर्वोच्चमा प्रवेश गर्न नदिन सरकारको निर्देशन



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )

काठमाडौँ । गृह मन्त्रालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई जबरा बालुवाटारबाट आएर सर्वोच्चमा प्रवेश गर्न खोजे रोक्न निर्देशन दिएको हो ।

गृहको उक्त निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सर्वोच्च अदालत क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई चोलेन्द्रलाई रोक्न सर्कुलर पठाएको छ ।

बुधबार मात्रै संघीय संसद्का महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । पत्र प्राप्तपछि जबरा सर्वोच्च निस्किने तयारीमा थिए । यता, जबराको उक्त तयारीसँगै कानुन व्यवसायीहरूले भने सर्वोच्चमा धर्ना दिएका छन् ।