२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माता सङ्घमा दीपकराज गिरी र रवीन्द्र बानियाँ मनोनीत



अ+ अ-

काठमाडौँ । नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत हुनुभएको छ । निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइसक्नुभएको छ ।

यस्तै निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पारिरहनुभएको छ । उहाँको निर्मित चौथो फिल्म ‘महापुरुष’ प्रदर्शनरत छ भने रु १० करोड बढीको कलेक्सन घरेलु बक्सअफिसमै गरिसकेको छ ।

सङ्घको मङ्गलबार बसेको कार्यसमिति बैठकले उहाँ दुईलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको अध्यक्ष नवल खड्काले जानकारी दिनुभयो । “नेपाली फिल्ममा सफलता प्राप्त गरिरहनुभएका दुई निर्मातालाई जोड्न पाउँदा खुसी लागेको छ, हाम्रो उद्देश्य नै क्रियाशील निर्माताहरूको सङ्गठन बनाउनु हो”, अध्यक्ष खड्काले भन्नुभयो, “हामी नेपाली फिल्मलाई प्रत्यक्ष रुपमा फाइदा दिनसक्ने योजना तयार गरिरहेका छौँ ।”

अध्यक्ष खड्काका अनुसार सोही बैठकले सङ्घका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ । योजनासहित सङ्घमा जोडिएको निर्माता बानियाँले बताउनुभयो । “हाम्रो पेसागत हकहितको संस्थामा केही गर्न सकिन्छ भनेर जोडिएका हौँ”, निर्माता बानियाँले भन्नुभयो, “हाम्रो अनुभवले अहिले देखिएका निर्माताहरूको समस्या समाधान गर्न जुट्नेछौँ ।” सङ्घले हालै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापनसमेत गरेको छ ।