२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राणाको महाअभियोग निष्क्रिय भएको पत्र अदालतमा आएको छैनः सर्वोच्च



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको विषयमा संसदले सर्वोच्च अदालतलाई कुनै जानकारी नदिएको सर्वोच्चले बताएको छ ।

अदालत स्रोतका अनुसार संसदले उक्त महाअभियोगको विषयमा अदालतलाई कुनै जानकारी गराएको छैन ।

आफूलाई संसदले आफूविरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र दिएको भन्दै प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा भने अदालत जाने तयारी गरेका छन् ।

राणाविरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र संसदले सर्वोच्चमा नपठाई राणा प्रधानन्यायाधीशको रूपमा अदालत आउन नसक्ने अदालत स्रोत बताउँछ ।

यसैबीच, नेपाल बार एसोसिएसनले संघीय संसद्का महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिन असंवैधानिक भएको बताएको छ ।