१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राणाको महाअभियोग निष्क्रिय भएको पत्र अदालतमा आएको छैनः सर्वोच्च



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको विषयमा संसदले सर्वोच्च अदालतलाई कुनै जानकारी नदिएको सर्वोच्चले बताएको छ ।

अदालत स्रोतका अनुसार संसदले उक्त महाअभियोगको विषयमा अदालतलाई कुनै जानकारी गराएको छैन ।

आफूलाई संसदले आफूविरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र दिएको भन्दै प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा भने अदालत जाने तयारी गरेका छन् ।

राणाविरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र संसदले सर्वोच्चमा नपठाई राणा प्रधानन्यायाधीशको रूपमा अदालत आउन नसक्ने अदालत स्रोत बताउँछ ।

यसैबीच, नेपाल बार एसोसिएसनले संघीय संसद्का महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिन असंवैधानिक भएको बताएको छ ।