६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् महासचिवको पत्र लिएर आए चोलेन्द्रलाई रोक्न नमिल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पद पुनःस्थापित भएको छ । उनी आजै सर्वोच्च अदालतमा हाजिर गर्ने तयारीमा छन् ।

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राणालाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् । गत फागुन महिनादेखि निलम्बनमा परेका राणालाई नौ महिनापछि सर्वोच्च फर्किने वातावरण बनेको छ ।

संसद्का महासचिवको पत्र बोकेर उनी सर्वोच्च फर्किँदा रोक्न नमिल्ने सुरक्षा स्रोतले जनाएको छ । उनको अनुपस्थितिमा अहिले सर्वोच्च अदालतको मुख्य पदमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जिम्मेबारी सम्हालिरहेका छन् ।