४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

साताको पहिलो दिन नेप्से परिसूचक ३९.४० अंकले ओरालो

साताको पहिलो दिन नेप्से परिसूचक ३९.४० अंकले ओरालो
अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ । 

गत साताको बुधबारदेखि निरन्तर रुपमा ओरालो लागेको शेयर बजार यो साताको पहिलो कारोबार दिन पनि निरन्तरता दिएको छ । आइतबार नेप्से परिसूचक ३९.४० अंक घटेर २ हजार ६९३.१० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.९९ अंक, फ्लोट इण्डेक्स ३.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३७ अंक घटेको छ ।

आइतबार कारोबारमा आएका २३० कम्पनीको ७१ लाख २२ हजार कित्ता शेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकममा भने बिहीबारको तुलनामा बढेको छ । गत बिहीबार सवा २ अर्ब बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमा अन्य उपसमूहको परिसूचक ०.४२ प्रतिशत बढेको छ भने बाँकी उत्पादन तथा प्रशोधन, वित्त, जीवन बीमा र  निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, बैंकिङ्ग, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, लघुवित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

आइतबार कारोबारमा आएको युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ८.६४ प्रतिशत, सामलिङ पावर कम्पनीको ६.५५ प्रतिशत र नेपाल फाइनान्सको ४.१८ प्रतिशत बढेको छ । यता, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, रुरु जलविद्युत कम्पनी र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा ५८ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ । लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु उक्त लद्युवित्तमा आकर्षित भएका हुन् । त्यस्तै, नेपाल टेलिकमको १९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।