• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

खराब प्रदर्शनसँगै नेपाल युएईसँग पराजित



काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । 

दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । उनले ६५ बल खेल्दै दुई चौकाको मद्दतमा ३० रन बनाएका हुन् । त्यस्तै सुरुआती ब्याट्सम्यान पवन सर्राफले दुई रन बनाए भने कुशल भुर्तेलले पाँच रन जोडे । 

त्यस्तै रोहित पौडेलले नौ रन जोेडे भने आरिफ शेखले १५ तथा विनोद भण्डारीले १२ तथा सोमपाल कामीले १५ रन बनाए । युएईका जुनाइद सिद्दिकीले चार विकेट लिए भने कासिफ दौद र अहमेद राजाले समान दुईरदुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २०२ रन जोड्यो । युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए भने मुहम्मद रिजवानले ३३ तथा चिराग सुरीले २६ रनको योगदान गरे । भृत्या अरविन्दले २४ रन बनाउँदा बसिल हमिद १७ रनमा आउट भए । 

बलिङमा सन्दीप लामिछानेले तीन तथा करण केसी र सोमपाल कामीले समान दुईरदुई विकेट हात पारे भने आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले एक÷एक विकेट लिए ।

उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल भोलि पपुवा न्युगिनीसँग खेल्नेछ ।