३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीमा आधा भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप



अ+ अ-

बर्लिन । जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताउनु भएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले खोप अभियानलाई प्राथमिकतामा राखेको उहाँले बताउनु भएको हो । 

स्पानका अनुसार ४ करोड १८ लाख जर्मन हाल पूर्णरुपमा सुरक्षित भएका छन् । जर्मनीको कूल जनसंख्या ८ करोड ३० लाख भन्दा बढी छ  । जर्मनीको आधा जनसंख्या भनेको ४ करोड १५ लाख भन्दा बढी हो । 

 त्यस्तै ६१।१ प्रतिशतले जर्मन नागरिकले कम्तीमा एक डोज खोप प्राप्त गरेको पनि उहाँले बताउनु भएको छ । प्रायः सबैले नागरिकले शरद र जाडो मौसमसम्म खोप लिने पनि स्पानले ट्विटरमा लेख्नुभएको छ । 

जर्मनीमा कोरोना भाइरस शुरु भएदेखि हालसम्म  ३७ लाख ६६ हजार ५०१ व्यक्ति सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमणको कारण ९१ हजार ५९२ व्यक्तिको मृत्यु भएको यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । (रासस-एएफपी)