५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको हेनान प्रान्तमा बाढी, ७३ व्यक्तिको मृत्यु



अ+ अ-

झेङझाओ, चीन । मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ ।

गत जुलाई १६ बाट शुरु भएको वर्षाका कारण १५० जिल्लाका एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । भीषण वर्षापछिको बाढीका कारण १४ लाख ७० हजार व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि समाचारमा जनाइएको छ । 

पिपुल्स लिबरेसन आर्मी ९पीएलए० केन्द्रीय थिएटर कमान्डले हजारौंको संख्यामा सैनिक, सशस्त्र प्रहरीलाई बाढीमा फसेक मानिसहरुलाई सुरक्षित रुपमा उद्धार गर्न पठाइएको छ ।

झेङझाओको मौसम विभागले वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ । हेनान प्रान्तभर राहत वितरण र पुनः निर्माणको प्रयास भइरहेको जनाइएको छ । (रासस-एएनआइ)