२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली सई प्रक्राउ



अ+ अ-

पथरी । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफुलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो । कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका– ३ बाट पक्राउ गरि सोमबार सार्वजनिक गरिएको हो ।

कन्दङवाको साथबाट एक थान मोबाइल, नगद रु सत्र हजार र को ३२ प ५९८९ नं को मोटरसाइकल समेत बरामद गरिएको प्रनाउ गौतमले जानकारी दिनुभयो ।