• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

कोलम्बियामा पहिरोमा परी ८ बालबालिकासहित ३४ जनाको मृत्यु



एजेन्सी । दक्षिण अमेरिकी देश कोलम्बियामा सोमबार ठूलो दुर्घटना भएको छ । यहाँको रिसाल्दा प्रदेशमा पहिरो खसेर बसमाथि पर्दा ३४ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय प्रकोप जोखिम व्यवस्थापन इकाई ९युएनजीआरडी०का अनुसार मृत्यु हुनेमा आठ बालबालिका रहेका छन् । धेरै मानिस अझै पनि भग्नावशेषमुनि दबिएको बताइएको छ । प्राप्त समाचार अनुसार उद्धार कार्य जारी छ ।

भारी वर्षापछि रिसाल्दा प्रान्तमा पहिरो खसेको एक अधिकारीले बताए । बससँगै अन्य केही सवारीसाधन पनि भग्नावशेषमा पुरिएका छन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सरकार यस दुःखद घडीमा पीडित परिवारको साथमा रहेको बताएका छन् । अहिले ९ जनाको उद्धार गरिएको उद्धार टोलीका अधिकारीले बताएका छन् ।

जसमा एक ७ वर्षीया बालिकालाई भग्नावशेषबाट जिउँदै निकालिएको थियो । दुर्घटनामा उनकी आमाको मृत्यु भएको छ ।’