• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विपद् व्यवस्थापनका लागि तीन तहकै सरकार जिम्मेवार हुनुपर्नेमा सांसदहरुको जोड ★   दुबईमा पुन: भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द ★   महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार ★   विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई प्रहरीको शुभकामना ★   वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल ★   प्रेमीसँगको झगडापछि बिना लुगा र खाली खुट्टा होटलबाट निस्किइन् ब्रिटनी ★   चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो ★   सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने ★   सरकारको आँकलन: एक वर्षको अवधिमा विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँको क्षति ★   वैज्ञानिकहरूले पत्ता लगाए संसारको सबैभन्दा गहिरो खाडल

लक्की अलीको जग्गामा भूमाफियाको अतिक्रमण



एजेन्सी । बलिउडका चर्चित गायक लक्की अली यतिबेला समस्यामा परेका छन् । लक्की अलीले आफ्नो सामाजिक सञ्जाल मार्फत बेंगलुरुमा रहेको उनको फार्म हाउसलाई भू–माफियाले अतिक्रमण गरेको बताएका छन् ।

साथै, उनले आफ्नो कर्नाटकका डीजीपीलाई खुल्ला पत्र लेखेर सहयोगको लागि अपिल समेत गरेका छन् ।

लक्कीले यस पत्रमा एक आईएएस अधिकारी सहित केही व्यक्तिको नाम पनि लेखेका छन् । उनले आफ्नो परिवारलाई भूमाफियाबाट उत्पीडन गरिरहेको जनाएका छन् ।

लक्की अलीको यो पोस्टलाई फ्यानले समर्थन जनाइरहेका छन् । यस पोस्टको कमेन्ट सेक्सनमा, मानिसहरू लक्कीको लागि न्यायको लागि बिन्ती गरिरहेका छन् । यद्यपि, अहिलेसम्म यस विषयमा प्रहरी वा प्रशासनको प्रतिक्रिया आएको छैन ।

लक्की अली भरातकै चर्चित गायक हुन् । उनको जन्म ९ सेप्टेम्बर १९८९ मा भएको थियो । उनी चर्चित अभिनेता–हास्य कलाकार महमूदका छोरा हुन् । कहो ना प्यार हैको ‘एक पल का जीना’ गीतले उनलाई रातारात स्टार बनायो । यस गीतका लागि उनले फिल्मफेयर अवार्ड पनि पाएका थिए । ९० को दशकमा उनको गीतको धेरै माग थियो ।