• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

इटहरीमा सामूहिक बलात्कारमा संलग्न चारजना पक्राउ



विराटनगर । सामूहिक बलात्कार घटनामा संलग्न रहेका आरोपमा प्रहरीले इटहरीबाट चारजनालाई पक्राउ गरेको छ ।

मंसिर १७ गते प्रहरीमा पीडित युवतीले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले घटनामा संलग्न चारजनालाई पक्राउ गरेको हो ।

वैशाख २७ गते इटहरी १० स्थित पिपल चोक बूढीखोला किनारामा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा इटहरी १० वस्ने २५ वर्षीय विकाश चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धिरज चौधरी र वर्ष ३१ का सरोज चौधरी पक्राउ परेका छन्। उनीहरु घटना भएको ८ महिनापछि पक्राउ परेका हुन् ।

घटनाबारे कसैलाई सुनाए परिवारसमेतलाई मारिदिन्छौ भनी त्रास देखाएकाले लामो समयसम्म उजुरी गर्न नआएको पीडित युवतीले बताएकी छीन् ।