६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप कार्यक्रममा ठेलमठेल : कोरोना टार्ने कि सार्ने ?



अ+ अ-

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना फैलिएको भन्दै मंगलबारदेखि नगरपालिका र वडा कार्यालयका अत्यावश्यकबाहेक काम बन्द गर्‍यो। सात दिनका लागि कार्यालय बन्द गरिए पनि कोरोनाविरुद्ध खोप लगाउन भने नगरवासीको भीड लाग्यो। सोमबार सुरु खोप कार्यक्रममा स्थानीयवासी ठेलमठेल गरी सहभागी भएका थिए। 

दूरी पालना गर्न आह्वान गर्ने उपमहानगरपालिका र त्यसको पालना गर्नुपर्ने नगरवासी दुवैको हेलचेक्र्याइँको उदाहरण खोप केन्द्रमा देखियो। ‘नगरपालिका एकातिर सामाजिक दूरी कायम गर्नु भन्दै माइकिङ गर्छ, अर्कोतिर यसरी मान्छे भेला पारेर खोप लगाउँछ’, इटहरीको कस्तुरी स्कुलमा शिक्षण गर्दै आएकी गीता सुवेदीले भनिन्, ‘कोरोना भाग्ने त हो कि होइन, उल्टो सर्‍यो कि भन्ने चिन्ता भयो।’
पेलेरै अघि जान सक्नेहरू भित्रभित्रै छिरेर चाँडै खोप लगाएर फर्किएको उनले सुनाइन्। ‘मभन्दा पछि हुनेहरूको पालो आएपछि मैले पनि बल गरेरै अघि बढेर लगाएँ। नत्र त अझै पालो आउँदैनथ्यो’, उनले भनिन्।

इटहरी–८ की ५५ वर्षीय चम्पादेवी खड्कालाई पनि खोप लगाउने व्यवस्थापन चित्त बुझेन। इटहरी चोक बोलाएर उपमहानगरपालिकाले नगरवासीलाई भीडमा हुलेको आरोप लगाइन्। भनिन्, ‘खोपले कोरोना रोक्छ कि रोक्दैन थाहा छैन। तर, यस्तो भीडमा त उल्टै कोरोना बोकेर गइन्छ जस्तो छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।