५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपिङ मल र कम्प्लेक्सहरूले ७० करोड कर तिर्न आलटाल



अ+ अ-

काठमाडौं । राजधानीका ठूला सपिङ मल र कम्प्लेक्सहरूले सम्पत्ति कर तिर्न आलटाल गरेका छन् । काठमाडौं महानगरपालिकाले एक महिनाको म्याद दिएर घर–जग्गा तथा सम्पत्ति कर बुझाउन आग्रह गरेको भए पनि सो अवधिभित्र उनीहरूले कर बुझाउन आलटाल गरेका हुन् ।

काठमाडौं महानगरपालिका राजस्व विभागले असार १५ गते ३० दिनको म्याद दिई आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, गोपालजी प्रपर्टिज प्रालि, स्टार मललगायतलाई घर–जग्गा तथा सम्पत्ति कर बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

त्यसै गरी, एनआरटी क्लब र युनाइटेड वल्र्ड ट्रेड सेन्टर, वागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, काठमाडौं इन्जिनियरिङ कलेज, आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान, एलआरआई स्कुल, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, चिरायु अस्पताललगायतलाई पनि घर–जग्गा तथा सम्पत्ति कर बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

सो अवधिमा एनआरटी क्लब र काठमाडौं इन्जिनियरिङ कलेजबाहेक अन्यले सम्पर्कसमेत नगरेको काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले जानकारी दिए ।तोकिएको अवधिका कर तिर्न नआएपछि महानगरले बुधबार माइकिङ गरी सचेत गराउँदै घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्नेसम्बन्धी सूचना टाँस गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।